नबिल बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

२५ आश्विन २०७९, मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन २७ अंकले घटेको नेप्से परिसूचक आज १६.०६ अंकले घटेर नेप्से इन्डेक्स १८५५ मा कायम भएको छ ।

नेप्से परिसूचक घटेसँगै कारोबार रकम समेत घटेको छ । सोमबार शेयरबजारमा दोहोरो अंकको गिरावट आउँदा करिब एक अर्बको कारोबार हुन पुगेको थियो । आज १६ अंकले शेयरबजार घट्दा कारोबार समेत खुम्चिएर ५५ करोड २८ लाख रुपैयाँमा सीमित हुन पुगेको छ ।

मंगलबार ५५ करोडमाथिको कारोबार हुँदा सर्वाधिक नबिल बैंकको ३ करोड १० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल लाइफ इस्योरेन्सको २ करोड ४३ लाख, हिमालयन पावर पार्टनरको २ करोड १८ लाख, रिडी हाइड्रोपावरको २ करोड ७ लाख र नेपाल टेलिकमको १ करोड ९२ लाख रुपैयाँमाथिको कारोबार भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*