उतारचढावकाबीच शेयरबजारमा दोहोरो अंकको गिरावट, १२ उपसूचक राताम्य हुँदा कारोबार ५५ करोडमा सीमित

काठमाडौं । मंगलबार शेयरबजारमा १६ अंकको गिरावट आएको छ । दशैंपछिको पहिलो शेयर कारोबारको दिन बढेको शेयरमार्केट दुई दिनयता घट्न पुगेको छ ।
दशैंपछि एकाएक शेयरबजारमा हरियाली छाई सुधार आउँदा लगानीकर्ताहरु उत्साहित बन्न पुगेका थिए । तर त्यो उत्साह टिक्न सकेन । सोमबार २७ अंकले घटेको नेप्से परिसूचक आज १६.०६ अंकले घटेर १८५५ को विन्द्मा कायम हुन पुगेको छ ।
नेप्सेमा सूचीकृत २२९ कम्पनीको १७ लाख ६७ हजार ६९२ कित्ता शेयर किनबेच हुँदा ५५ करोड २७ लाख १२ हजार ८८५ रुपैयाँको कारोबार भएको छ । नेप्से सूचक घटेसँगै आज कारोबार समेत घट्न पुगेको छ ।
त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज म्युचुल फण्ड सूचक बाहेकका सबै सूचक राताम्य भएका छन् । सर्वाधिक विकास बैंक समूहको १.२८ प्रतिशतले घटेको छ ।












