लाभांश प्रस्ताव सहित एनएमबि क्यापिटलले डाक्यो साधारण सभा, शतप्रतिशत हकप्रद मुख्य प्रस्ताव

२६ आश्विन २०७९, बुधबार ११:४२

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले बाह्र्रौ साधारण सभा आह्वान गरेको छ । क्यापिटलको यहि असोज ७ गते बसेको सञ्चालक समितिको निर्णय बमोजिम उक्त सभा कात्तिक १८ गते आरण्य बुटिक होटल, हात्तिसार, काठमाडौंमा बस्ने भएको हो ।

उक्त सभाले सञ्चालक समितिबाट प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७८।०७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई २१।०५२६३ प्रतिशत नगद लाभांस (कर सहित) विवरण स्वीकृति प्रदान गर्ने, कम्पनीको हाल कायम पूँजी २० करोडको १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

यसका अलावा सभाले आर्थिक बर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्षको लेखापरिक्षण गर्नका लागि लेखापरिक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभामा कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि गर्ने तथा कम्पनीको उद्देश्य तथा कम्पनी गर्ने थप कार्यमा थप गर्ने लगायतका विशेष प्रस्ताव रहेका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*