नबिल बैंकसहित आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
२६ आश्विन २०७९, बुधबार १५:०६

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । दुईदिनयता घटेको नेप्से परिसूचक आज ११.३६ अंकले बढेर १८६६ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्से बढेपनि कारोबार भने खासै सन्तोषजनक देखिएको छै । दशैंअघि २।३ अर्बमाथि कारोबार हुने शेयरबजारमा आज जम्मा ६९ करोड १७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक नबिल बैंकको २ करोड ४० लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, रिडी हाइड्रोपावरको २ करोड २ लाख, एनआइसी एशिया लघुवित्तको प्रोमोटर शेयरको १ करोड ८९ लाख, गोर्खाज फाइनान्सको १ करोड ८१ लाख रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्सको १ करोड ६९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।













