यी हुुन आज सर्वाधिक गुमाएका कम्पनीहरु
२६ आश्विन २०७९, बुधबार १५:०८

काठमाडौं । साताको चौथो दिन शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूूचक ११।३६ अंकले बढेर १८६६।५२ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएता पनि एभरेष्ट बैंक डिभेञ्चरको शेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ ।
त्यस्तै, एनएमबि हाईब्रिड फण्ड, ग्लोवल आइएमइ ब्यालेन्स्ड फण्ड, सानिमा लार्ज क्याप फण्ड र एनआईबिएल फण्डको शेयर मूल्य घटेको छ ।













