नेप्सेमा ३९ वटा कम्पनीले ब्रोकर लाइसेन्सका लागि दिए निवेदन, सात कम्पनीको सिफारिस अझै बाँकि

३० आश्विन २०७९, आईतवार १७:३२

काठमाडौं । नेप्सेमा ३९ वटा कम्पनीले ब्रोकर लाइसेन्सका लागि निवेदन दिएका छन् । निवेदन दिएका मध्ये ३२ वटा कम्पनीलाई नेप्सेले कारोबार गर्ने अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा नाम सिफारिस गरेको छ । नेप्सेमा शुक्रबारसम्म आवेदन दिएका कम्पनीहरुलाई लाइसेन्सको लागि आवेदन दिएको हो । आइतबार मात्रै ७ कम्पनीले नयाँ ब्रोकरको लागि आवेदन दिएका छन् ।

बोड नयाँ ब्रोकर लाइसेन्सका लागि गत असोज २ गते ३० दिनको समयदेखि आवेदन खुला गरेको थियो । आवेदन दिने म्यादभोलि सकिनेछ । अहिलेसम्म सेबोनमा हिमालयन ब्रोकरेजले मात्रै नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिएको छ।धितोपत्र ऐन २०६४ को दफा ५७ को उपदफा २ ९ग० को ‘धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्रका लागि निवेदन दिनुपर्ने शीर्षकमा’ मा ‘धितोपत्र बजारको सदस्यता लिएरमात्र व्यवसाय गर्न पाउने तोकिएबमोजिमका व्यवसायीका हकमा सम्बन्धित धितोपत्र बजारको सिफारिसपत्र’ भनिएको छ। त्यसैले नयाँ ब्रोकर लाइसेन्सका लागि नेप्सेको सिफारिस अनिवार्य छ।

सेबोनले नयाँ स्टक एक्सचेन्ज ल्याउने प्रक्रिया अघि बढाएसँगै नेप्सेले नयाँ ब्रोकर लाइसेन्सको सिफारिस नदिने मनसाय बनाएको थियो। तर, अर्थमन्त्री जनार्दन शर्माको ठाडो निर्देशनपछि नेप्सेले सिफारिस दिने निर्णय गरेको थियो।

सेबोनको संशोधित विनियमावलीअनुसार तीन प्रकारका ब्रोकर लाइसेन्सको अनुमति दिने तयारी गरिएको छ। जसअनुसार सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी २० करोड रुपैयाँ कायम गरिएको छ। पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी ६० करोड रुपैयाँ र धितोपत्र व्यापारी कम्पनीको चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँ कायम गरिएको छ।

नयाँ ब्रोकर लाइसेन्सको लागि आवेदन दिने अधिकांश कम्पनीको चुक्ता पुँजी २० करोड रुपैयाँको सीमामा रहेको नेप्सेले जनाएको छ । नयाँ ब्रोकर लाइसेन्स ३ किसिमका हुनेछन् । पुँजी संरचनाका आधारमा फरकफरक सेवा प्रदान गर्ने गरी बोर्डले ३ किसिमको ब्रोकर लाइसेन्स वितरण गर्न लागेको हो ।

बोर्डले तोकेको पुँजी संरचना अनुसार सीमित दायराको पहिलो तहको ब्रोकरका लागि २० करोड रुपैयाँ निर्धारण गरेको छ । यसले सेयर खरीदबिक्री गर्नेसँगै डीपीको रुपमा काम गर्ने पाउँनेछ । त्यस्तै, मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायरा सहितको दोस्रो तहको ब्रोकरको चुक्तापुँजी ६० रुपैयाँ करोड र तेस्रो तह स्टक डिलरका लागि १ अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी हुनुपर्नेछ । नयाँ ब्रोकरको लागि असोज ३१ गतेसम्म आवेदन दिन पाइनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*