असोज महिनामा वाणिज्य बैंकहरुको निक्षेप ३३ अर्बले बढ्यो, कर्जा लगानी संकुचित

काठमाडौं । कमर्सियल बैंकहरुको निक्षेप एकसातामा ८ अर्ब रुपैयाँले बृद्धि भएको छ । नेपाल बैंकर्स संघले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार दशैंपछि बैंकहरुको निक्षेपमा सुधार देखिएको हो ।
संघका अनुसार असोज महिनामा बैंकहरुको निक्षेपमा सुधार देखिएको छ । असोज २८ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप बढेर ४५ खर्ब १९ अर्ब रुपैयाँ पु्गेको छ । २८ दिनको तथ्याङ्कअनुसार बैंकहरुको निक्षेप ३३ अर्ब निक्षेप बढेको छ ।
निक्षेपमा सुधार देखिए पनि यता कर्जा लगानी सामान्य बढेर ४१ खर्ब ९३ अर्ब पुगेको छ । निक्षेपको तुलनामा कर्जा लगानी विस्तार भने केही कम भएको तथ्याङ्कले देखाएको छ । असोज २८ गतेसम्ममा बैंकहरुको कर्जा लगानी ३ अर्ब रुपैयाँले मात्रै बढेको देखिएको छ ।
असोज महिनामा बैंकहरुले निक्षेप र कर्जा दुवै पट्टिको ब्याजदर बढाएसँगै निक्षेप बढेपनि कर्जा लगानीमा खासै विस्तार नदेखिएको हो । ब्यापारीहरुले दशैं सकिएलगत्तै निक्षेप जम्मा गरी बैंकको चर्को ब्याजदरका कारण कर्जा नलिएका कारण बैंकहरुको कर्जा लगानी संकुचित देखिएको हो ।
्












