लाभांश प्रस्ताव सहित रु रु जलविद्युत् परियोजनाको साधारणसभा कात्तिक ४ गते
२ कार्तिक २०७९, बुधबार १४:२३

काठमाडौं । लाभांश प्रस्ताव सहित रु रु जलविद्युत् परियोजनाको साधारणसभा कात्तिक ४ गते हुने भएको छ। सभा थापा गाउँ नयाँबानेश्वरमा अपराह्न १ बजे शुरू हुने जानकारी दिइएको छ । सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी आर्थिक वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र आव २०७९र८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि असोज २७ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा असोज २६ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।












