नेपाल रिपब्लिक मिडियाले साढे ४३ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति
४ कार्तिक २०७९, शुक्रबार ११:२०

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन पेश गरेको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४ अर्ब ३५ करोड ३० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न कात्तिक २ गते सेबोनसँग अनुमति मागेको हो ।
बोर्डबाट स्वीकृति पाएमा कम्पनीले सर्वसाधारणहरुमा कुल ४३ लाख ५३ हजार कित्ता आइपीओ निष्काशन गर्नेछ । कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरिसकेको छ ।












