बिओके क्यापिटल मार्केटले लाभांश वितरण गर्ने

४ कार्तिक २०७९, शुक्रबार १७:५७

काठमाडौं । बिओके क्यापिटल मार्केटले ५।७९ प्रतिशत लाभांश (कर सहित) वितरण गर्ने भएको छ । कम्पनीको आज सम्पन्न सभाले आ र्थिक बर्ष २०७८र७९ मा संचित मुनाफाबाट ५।७९ प्रतिशत लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो । सभाले आगामी आ।व। २०७९र८० को बाह्य लेखापरिक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।

बैंक अफ काठमाण्डूको सहायक कम्पनी बि।ओ।के। क्यापिटल मार्केट लि।, कम्पनी ऐन, २०६३ बमोजिम विधिवत दर्ता भई विगत सात वर्षदेखि उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।साथै कम्पनीले ६ वटा कम्पनीहरुको प्राथमिक सेयर तथा हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ भने जम्मा ११ वटा कम्पनीको सेयर रजिष्ट्रार सम्बन्धी काम गरिरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*