धौलागिरी लघुवित्तले गर्यो सनराइज क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त
५ कार्तिक २०७९, शनिबार ०९:३३

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सनराइज क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ। लघुवित्तको सञ्चालक समितिको बैठकले सनराइज क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको हो। यससम्बन्धमा दुवै संस्थाबीच सम्झौता भएको छ।
सम्झौताअनुसार धौलागिरी लघुवित्तको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्नेलगायतका सम्पूर्ण कार्य सनराइज क्यापिटलले गर्नेछ।













