सानिमा बैंकको लाभांश प्रस्ताव, बोनस र नगद कति ?
६ कार्तिक २०७९, आईतवार ११:३९

काठमाडौं । सानिमा बैंकले लाभांश प्रस्ताव गरेको छ। बैंकले आर्थिक बर्ष २०७८र ७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ९८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । राष्ट्र बैंकबाट स्वीकृती भएपछि र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले आव २०७७र ७८ को मुनाफाबाट शेयरधनीलाई १७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९४७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेको थियो ।













