नेप्सेद्धारा दुई फण्डको कारोबार फुकुवा

६ कार्तिक २०७९, आईतवार १४:३४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई फण्डको कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले नबिल म्युुचुअल फण्ड अन्तर्गत संचालित नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल इक्वीटी फण्डको सचेत गराउँदै कारोबार फुकुवा गरिदिएको हो ।

नेप्सेले यी दुबै फण्डको प्रतिफल घोषणा सम्बन्धी पत्र नेप्सेमा कारोबार समयमा पठाएको भन्दै कारोबार रोक्का गरिदिएको थियो । सो सम्बन्धमा यी दुवै फण्डले मानवीय त्रुटि हुन पुगेको र अब उप्रान्त त्यस्तो कमीकमजोरी नगर्ने।नगराउने प्रतिबद्धता ब्यक्त गर्दै कम्पनीले क्षमायाचना मागेकाले आगामी दिनमा यस्ता गल्ती नदोहोर्याउन सचेत गराउँदै नेप्सेले कात्तिक १४ गतेदेखि लागू हुनेगरी कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*