अरुण काबेलीको बार्षिक साधारणसभा कात्तिक ३० गते, लाभांश प्रस्ताव मुख्य एजेण्डा
६ कार्तिक २०७९, आईतवार २०:११

काठमाडौं । अरुण काबेलीले लाभांश पारित गर्न १२ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनी सञ्चालक समितिको कार्तिक ६ गते बसेको बैठकले कार्तिक ३० गते बुधबार साधारण सभा बोलाउने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १८ करोड ५५ लाख २१ हजार रुपैयाँ बराबरको बोनस शेयर र ०।५२६३ प्रतिशतका दरले हुने १ करोड ५ लाख रुपैयाँ नगद लाभांश ९कर सहित० वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले कार्तिक १८ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार कार्तिक १७ गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।












