एभरेष्ट बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुबैमा आकर्षक सुधार
८ कार्तिक २०७९, मंगलवार १३:४८

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा एभरेष्ट बैंकको खुद नाफा बढेको छ । कम्पनीले पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।यस त्रैमाससम्मा खुद नाफा ४८।९५५ ले बढेर ८६ करोड २२ लाख ३७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले ५७ करोड ८८ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी ७२।६८ प्रतिशत र सञ्चालन नाफा ४८।८९ प्रतिशत ले बढेको छ । असोज मसान्तसम्म आइपुग्दा बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ ५४ पैसाले बढेर ३६ रुपैयाँ ५८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २४७ रुपैयाँ ३२ पैसा छ । आधारदर ९।३० प्रतिशत पुगेको छ भने खराब कर्जा ०।३३ ५ छ ।












