तिहारपछि शेयरबजारमा दोहोरो अंकको सुधार, १२ उपसूचकमा छायो हरियाली

१४ कार्तिक २०७९, सोमबार १५:२०

काठमाडौं । साताको दोस्रो दिन अर्थात् तिहारपछिको आज पहिलो शेयर कारोबारको दिन शेयरबजारमा हरियाली छाएको छ । तिहारअघि उतारचढाव देखिएको शेयरबजार आज एकाएक १६.३९ अंकले बढेर १८७४.८७ विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २२४ कम्पनीको २५ लाख ७४ हजार ९७५ कित्ता शेयर किनबेच हुँदा ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँको कारोबार भएको छ । पछिल्ला केही दिनयता शेयरबजारमा कारोबार रकम माथि उक्लिन सकेको छैन ।

नेप्सेमा सूचीकृत कम्पनीहरु धमाधम नियमक निकायहरुको निर्देशनमा रही मर्जरमा गएसँगै सो कम्पनीहरुको शेयर कारोबार रोक्का रहकाले पनि कारोबार लाखौं लगानीकर्ताहरुको लगानी बन्धक बन्न पुगेको हो । यसकारण पछिल्ला केही महिनायता शेयरबजारमा कारोबार रकम अर्बभन्दा तल देखिन पुगेको हो ।

त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज विकास बैंक सूचक बाहेकका सबै सूचकमा हरियाली छाएको छ । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको १.६५ प्रतिशत र अन्य समूहको १.५९ प्रतिशत त्यस्तै, बैकिङ्ग समूहको १.५२ प्रतिशतले बढ्न पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*