राष्ट्र उत्थान लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी घट्यो

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ३८ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले सार्र्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार संस्थाको नाफा गत आवको तुलनामा ६९.४६ प्रतिशतले घटेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद नाफा ६९.४६ प्रतिशत घटेर ३८ लाख २३ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी घटेसँगै कर्मचारी खर्च र अन्य सञ्चालन खर्च बढेपनि लघुवित्तको खुद नाफा घट्न पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७.६४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ६७.२५ प्रतिशत घटेको छ । खुद ब्याज आम्दानी र संचालन मुनाफा घट्न पुग्दा लघुवित्तको नाफा प्रभावित बन्न पुगेको हो ।
नाफासँगै लघुवित्तका प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २२ रुपैयाँ ७३ पैसा घटेर ५ रुपैयाँमा ८८ पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १६१.९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ५३ पैसा रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४८.५७ प्रतिशत र जगेडा कोष ४२.४० प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी १६.२३ प्रतिशत, निक्षेप, २६.२९ प्रतिशत र कर्जा २६.५९ प्रतिशत बढेको छ ।












