युनिलिभर नेपालले प्रति शेयर १२१५ रुपैयाँ लाभांश दिने, बुकक्लोजको मिति समेत तय
१७ कार्तिक २०७९, बिहीबार १०:५८

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।७९ को संचित मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीको कात्तिक १६ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रति शेयर बराबर १२१५ रुपैयाँ दिने निर्णय गरेको हो ।
साथै कम्पनीले उक्त लाभांश प्रस्ताव पारितका लागि मंसिर २० गते वार्षिक साधारण सभा आह्वान गरेको छ । साथै कम्पनीले लाभांश वितरण प्रयोजनार्थ मंसिर ४ गते बुकक्लोजको निर्णय गरेको छ । यसर्थ मंसिर ३ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।
uniliver












