एभरेष्ट बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् बिहिबार सर्वाधिक कारोबार भएका टप कम्पनी
१७ कार्तिक २०७९, बिहीबार १५:०६

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । दुईतिन दिनयता लगातार सुधार देखिएको शेयरबजार आज १६.१४ अंकले घटेर १९२२ विन्दु्मा कायम हुन पुगेको छ ।
शेयरबजार घटेसँगै आज कारोबार रकम समेत घटेर ८९ करोड ८९ लाख रुपैयाँमा सीमित हुन पुगेको छ । सर्वाधिक आज एभरेष्ट बैैंकको ४ करोड ३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, गरिमा विकास बैंकको प्रोमोटर शेयर ३ करोड ६० लाख, अरुण काबेली पावरको ३ करोड ४५ लाख, एनआइसी एशियाको ३ करोड १७ लाख र शिवम् सिमेन्ट्सको ३ करोड १६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।













