नेप्सेमा एचआइडिसिएलको १० लाख कित्ता हकप्रद सूचीकृत
१७ कार्तिक २०७९, बिहीबार १५:५५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसीएल)को हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको संस्थापक समूहतर्फको हकप्रद सूचीकृत भएको हो ।
एचआइडिसिएलले आज संस्थापक समूहतर्फको १० लाख ७ हजार १७० कित्ता हकप्रद शेयर सूचीकृत गराएको हो । सूचीकृतपश्चात् उक्त शेयर आइतबारदेखि कारोबारमा आउनेछ ।












