ग्लोबल आइएमई लघुवित्तको संस्थापक शेयर बिक्रीमा

१८ कार्तिक २०७९, शुक्रबार १०:४७

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । लघुवित्तका संस्थापक शेयरधनी ऋषिराज गौतमले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो ।

लघुवित्तले संस्थापक समूहतर्फको ६ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय पोखरा–२६ विजयपुर, कास्कीमा दरखास्त पेश गर्न सक्नेछन् ।

साथै तोएिको अवधिभित्र कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियमअनुसार उक्त शेयर अन्य कोही ब्यक्ति तथा संघसंस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*