निर्जिवन बीमा कम्पनीका लगानीकर्ताले आव २०७७।७८ मा कति पाए लाभांश ?, दुईको हकप्रद र तीन कम्पनीले जिल्लाए (तथ्याङ्कसहित)

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७७।७८ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गरिसकेका छन् । संचालनमा रहेका १८ निर्जिवन बीमा कम्पनीमध्ये राष्ट्रिय बीमा कम्पनी बाहेक अन्य कम्पनीले समयमा नै वार्षिक साधारण सभा गरी शेयरधनीहरुलाई प्रतिफल दिदै आइरहेको छ ।
हाल १८ निर्जिवन बीमा कम्पनीमध्ये एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स मर्ज भइसकेका छन् भने भर्खरै सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनीले मर्जरमा गई एकीकृत कारोबार गरिसकेका छन् । १८ निर्जिवन बीमा कम्पनीबाट हाल १६ निर्जिवन बीमा कम्पनी भएका छन् ।
नेप्सेमा सूचीकृत १८ निर्जिवन बीमा कम्पनीहरु मध्ये १७ निर्जिवन बीमा कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश बाँडिसकेको छ । जसमध्ये शिखर इन्स्योरेन्स र जनरल इन्स्योरेन्सले सो आर्थिक वर्षमा ३०–३० प्रतिशतका दरले हकप्रद शेयर जारी गरेको थियो भने अधिकांश निर्जिवन बीमा कम्पनीले बोनस शेयर र नगद लाभांश वितरण गरेको थियो ।
आर्थिक वर्ष २०७७।०७८ मा सबैभन्दा बढी लाभांश सगरमाथा इन्स्योरेन्सले वितरण गरेको थियो । सगरमाथा इन्स्योरेन्सले सो आर्थिक वर्षमा आफ्ना शेयरधनीहरुलाई २१.०५ प्रतिशत लाभांश बाँडेको थियो ।
त्यस्तै, सोही आर्थिक वर्षमा सिद्धार्थ इन्स्योरेन्सले पनि आफ्ना शेयरधनीहरुलाई १५.७८ प्रतिशत लाभांश वितरण गरेको थियो भने नेको इन्स्योरेन्सले १५.७५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
त्यस्तै, प्रिमियर इन्स्योरेन्सले १५ प्रतिशत, प्रभु इन्स्योरेन्सले ११.५८ प्रतिशत, नेपाल इन्स्योरेन्सले ११.५८ प्रतिशत, एनएलजी इन्स्योरेन्सले १०.५२ प्रतिशत, लुम्बिनी जनरलले ९.५० प्रतिशत, आइएमई जनरलले ७.३७ प्रतिशत, प्रुडेन्सियल इन्स्योरेन्सले ७.३७ प्रतिशत, हिमालयन जनरल इन्स्योरेन्सले ७ प्रतिशत र एभरेष्ट इन्स्योरेन्सले ६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।
सो मध्ये सानिमा जनरल, अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सले भने सो आर्थिक वर्षमा आफ्ना शेयरधनीहरुलाई कुनै खालको लाभांश वितरण गरेको थिएन । शिखर इन्स्योरेनस र जनरल इन्स्योरेन्सले भने सो आर्थिक वर्षमा लाभांश नदिई ३०–३० प्रतिशतका दरले हकप्रद जारी गरेको थियो ।
निर्जिवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७७।७८ मा वितरण गरेको लाभांश :













