एभरेष्ट बैंकले २० प्रतिशत लाभांश बाँड्ने, बोनस र नगद कति ?

२० कार्तिक २०७९, आईतवार १०:३८

काठमाडौं । एभरेष्ट बैक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८।७९ को मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र ७.६८ प्रतिशत नगद लाभांश गरि कुल २०.६८ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम रहेको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ७३ लाख ४० हजार २ सय ९ रुपैयाँको १३ प्रतिशत बोनस शेयर र ७.६८ प्रतिशत नगद लाभांश गरि कुल २०.६८ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वकृति दिएपछि र बैंकको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*