बम्पर लाभांश घोषणासँगै जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सर्किट, शेयरमूल्य कति पुग्यो ?

२० कार्तिक २०७९, आईतवार ११:०८

काठमाडौं । साताको पहिलो दिन शेयरबजार खुलेको केही समयमा नै जाल्पा सामुदायिक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

यो समाचार तयार पार्दासम्म लुघवित्तको शेयर १० प्रतिशतले बढेर शेयरमूल्य ३४०८ रुपैयाँ ९० पैसा पुगेको छ । त्यस्तै, सो अवधिसम्म लघुवित्तको शेयर सर्वाधिक २ करोड ३६ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ ।

साथै यो समाचार तयार पार्दासम्म लुघवित्तको शेयर ७ जनाले १४ हजार १०६ कित्ताका लागि माग गरेका छन् । लघुवित्तले आज मात्रै गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ७३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३.८४२१ प्रतिशत नगद लाभांश गरी कुल ७६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*