नेष्डो समृद्ध लघुवित्तमा झुम्मिए लगानीकर्ता, यी हुन् आइतबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
२० कार्तिक २०७९, आईतवार १५:१६

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ४३.२० अंकले बढेर १९६५ विन्द्ुमा कायम भएको छ ।
नेप्से बढेसँगै आज शेयरबजारमा १ अर्ब ५४ करोडमाथिको कारोबार भएको छ । सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक नेष्डो समृद्ध लघुवित्तको १० करोड १४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, एभरेष्ट बैंकको ७ करोड ९ लाख, हिमाल दोलखा हाइड्रोपावरको ६ करोड ७५ लाख, जाल्पा सामुदायिक लघुवित्तको ५ करोड ६६ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको ४ करोड ४७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।













