नेप्से ४२ अंकले बढ्यो, माईक्रोफाइनान्सको उपसूचक बढोत्तरी

२० कार्तिक २०७९, आईतवार १५:१९

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से ४२ अंकले बढ्दा १९६५।३६ को विन्दुमा कायम भएको छ ।आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको उपसूचक उकालो लागेको छ । म्युचुअल फण्ड आज ०।०५ प्रतिशतले घटेकोछ ।

आज सबैभन्दा धेरै माईक्रोफाइनान्सको उपसूचक उकालो लागेको छ । माईक्रोफाइनान्सको उपसूचक ४।५८ प्रतिशतले बढोत्तरी भएको छ। आज नेष्डो समृद्ध लघुवित्तको सर्वाधिक कारोबार भएको छ। लघुवित्तको १० करोड १४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, एभरेष्ट बैंकको ७ करोड ९ लाख, हिमाल दोलखा हाइड्रोपावरको ६ करोड ७५ लाख, जाल्पा सामुदायिक लघुवित्तको ५ करोड ६६ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको ४ करोड ४७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*