आज ऋणपत्र तथा म्युचुअल फण्डको मूल्य घट्यो

२० कार्तिक २०७९, आईतवार १५:२९

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ४३.२० अंकले बढेर १९६५ विन्द्ुमा कायम भएको छ ।

शेयरबजार उकालो लागेपनि केही कम्पनीहरुको शेयरमूल्य भने घट्न पुगेको छ । आज धेरैजसो म्युचुअल फण्ड तथा ऋणपत्रको शेयरमूल्य तथा इकाईमूल्य घटेको छ ।

सर्वाधिक नबिल इक्विटी फण्डको २.४८ प्रतिशतले घटेको छ । त्यस्तै, आरविवि म्युचुअल फण्डको २.४० प्रतिशत, सांग्रिला डेभलपमेन्टको ऋणपत्र १.९९ प्रतिशत, एभरेष्ट बैंकको ऋणपत्र १.९६ प्रतिशत र नबिल ब्यालेन्स्ड फण्ड–३ को १.९२ प्रतिशतले घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*