धौलागिरी लघुवित्तसहित यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए

२१ कार्तिक २०७९, सोमबार १५:११

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयरबजवारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन हरियाली छाएको शेयरबजार आज ६.४३ अंकले घटेर १९५८ विन्दुमा कायम हुन पुगेको छ ।

आज सर्वाधिक कमाउने कम्पनीमा धौलागिरी लघुवित्त रहेको छ । लघुवित्तको शेयर आज ८.१३ प्रतिशतले बढेको छ । त्यस्तै, जाल्पा सामुदायिक लघुवित्तको ६.९३ प्रतिशत, आरबिबि म्युचुअल फण्डको ४.६४ प्रतिशत, एलआइसी नेपालको ४.५१ प्रतिशत र एनआइसी एशिया ग्रोथ फण्डको ३.९४ प्रतिशतले बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*