झिनो अंकले घट्यो नेप्से, ५ उपसूचक चम्किँदा दुई अर्बमाथिको कारोबार
२१ कार्तिक २०७९, सोमबार १५:१९

काठमाडौं । आइतबार एकाएक चमत्कारिक सुधार देखिएको शेयरबजार आज फेरी घट्न पुगेको छ । अघिल्लो दिन ४६ अंकले बढेको नेप्से परिसूचक आज ६.४३ अंकले घटेर १९५८ विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा सूचीकृत २२४ कम्पनीको ४९ लाख ४४ हजार ७६ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १० करोडमाथिको कारोबार भएको छ । आज नेप्से घटेपनि कारोबार रकम भने बढेको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ब्यापार, जीवन बीमा, म्युचुअल फण्ड, लगानी तथा अन्य समुह बढेको छ भने सर्वाधिक आज उत्पादन तथा प्रशोधन समूहको घटेको छ ।












