जनउत्थान सामुदायिक लघुवित्तद्धारा सिइओ माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
२२ कार्तिक २०७९, मंगलवार ११:००

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ)माग गरेको छ ।
लघुवित्तले एक सूचना प्रकाशित गर्दै सिइओ आवश्यक रहेको जनाएको हो । सो पदका लागि संस्थाले मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकान्टेन्सी वा व्यवस्थापन विषयमा स्नाकोत्तर तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले २१ दिनभित्र कम्पनीले उपलब्ध गराएको इमेलमार्फत दरखास्त दिन सक्नेछन् ।













