नेप्से परिसूचक २.५७ अंकले घट्यो, १ अर्ब माथिको शेयर कारोबार, जीवन बीमा समूह सर्वाधिक उकालो

काठमाडौं । नेप्से २।५७ अंकले घट्दा १९५६।३६मा कायम भएको छ। आज ९ कम्पनीको उपसूचक घटेको छ भने चार कम्पनीको उपसूचक बढेको छ।राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १।१२ अंकले घटेर ३८४।२१ को विन्दुमा झरेको छ। कारोबार रकम पनि हिजोको तुलनामा घटेर १ अर्ब रुपैयाँ बढीको भएको छ।
आज शिव्म सिमेन्ट्को सर्वाधिक कारोबार भएकोछ । कम्पनीको शेयर ८ करोड ५७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
एलआईसी नेपालका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कालिका लघुवित्तको शेयर ओरालो लागेको छ ।
यो दिन जीवन बीमा समूह सर्वाधिक १।०३ प्रतिशतले उकालो लागेको छ। अन्य समूह ०।९७ प्रतिशतले बढ्दा निर्जीवन बीमा समूहमा ०।३ प्रतिशत र वित्त समूहमा ०।२८ प्रतिशतको बढोत्तरी भएको छ।
आज व्यापार समूह सर्वाधिक १।५६ प्रतिशतले ओरालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह ०।७१ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०।२९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०।१४ प्रतिशत, विकास बैंक समूहमा ०।२१ प्रतिशत, जलविद्युत समूहमा ०।६२ प्रतिशत, लघुवित्त समूहमा ०।६३ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०।३ प्रतिशत र लगानी समूहमा ०।१८ प्रतिशतको गिरावट आएको छ।












