शेयर बजारमा झिनो अंकको गिरावट आउँदा यी कम्पनीको शेयर मूल्य घट्यो
२२ कार्तिक २०७९, मंगलवार १५:३७

काठमाडौं। सेयर बजारमा मंगलबार पनि झिनो अंकको गिरावट आएको छ। शेयर बजार ओरालो लाग्दा कालिका लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
त्यस्तै, मन्दीकिनी हाइड्रोपावरको ४।४८ प्रतिशत, मनकामना स्मार्ट लघुवित्तको ४।०९ प्रतिशत र सिटिजन म्युचुअल फण्ड १ को ३।९५ प्रतिशतले शेयर घटेको छ।













