नबिल फ्लेक्सी क्याप फण्ड आजदेखि आवेदन दिन पाईने , कति इकाईका लागि आवेदन दिने ?

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले खुलामुखी प्रकृतिको नबिल फ्लेक्सी क्याप फण्ड आजदेखि सञ्चालनमा ल्याएको छ। जसका लागि क्यापिटलले आजदेखि ७५ करोड मूल्यको दश रुपैयाँ अंकित दरमा ७ करोड ५० लाख इकाई निष्काशन गरेको छ ।
नबिल फ्लेक्सी क्याप फण्डले कुल निष्काशन गरिने इकाईको १४ प्रतिशत अर्थात एक करोड ५ लाख इकाई कोष प्रवद्र्धक नबिल बैंकका लागि तथा १ प्रतिशत ७ लाख ५० हजार इकाई योजना ब्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई सुरक्षित राखी बाँकी न्यूनतम ६ करोड ३७ लाख ५० हजार इकाई मध्ये प्रथम चरणमा सर्वसाधारणहरुमा ५ करोड इकाई सार्वजनिक रुपमा बिक्रीका लागि खुल्ला गरेको हो।
कोष प्रवद्र्धकले यस योजनाद्वारा बिक्री गर्ने कुल इकाई रकमको १४ प्रतिशत तथा योजना व्यवस्थापकले १ प्रतिशत रकम बीज पूँजीको रुपमा लगानी गर्नेछ । यस योजनाको इकाई बिक्री बन्द हुने मिति छिटोमा कात्तिक २७ गते तथा ढिलोमा मंसिर ७ गतेसम्म रहेको छ ।
जसमा न्यूनतम एक हजार रुपैयाँ बराबरको १०० इकाई तथा अधिकतम ७ करोड ५० लाख बराबरको ७५ लाख इकाईका लागि आवेदन दिन सकिनेछ ।
फण्डको योजना ब्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।












