आम्दानीसँगै नेष्डो समृद्ध लघुवित्तको खुद नाफा बढ्यो, इपिएस कति ?

२३ कार्तिक २०७९, बुधबार १०:४०

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ५ करोड ६४ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.३० प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड ७ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी, अन्य सञ्चालन आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १०.५३ प्रतिशत बढेर ९ करोड ९८ लाख रुपैयाँ पुगेको छ भने अन्य सञ्चालन आम्दानी ०.७२ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ८.६९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ११.३० प्रतिशत बढेर ८ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।

नाफा बढेपनि लघुवित्तका प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २९ रुपैयाँ ३२ पैसा घटेर ८८ रुपैयाँ ५७ पैसामा झरेको थियो । असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३१.६१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३४७ रुपैयाँ ३५ पैसा रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४८.१५ प्रतिशत बढेर २५ करोड २५ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष ३१.१० प्रतिशत बढेर कोषमा ६३ करोड ७ लाख रुपैयाँ संचित रहेको छ । त्यसैगरी, लघुवित्तको सापटी १४.९९ प्रतिशत, निक्षेप १०.९१ प्रतिशत र कर्जा १९.१६ प्रतिशत बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*