उतारचढावकाबीच शेयरबजारमा ३९ अंकको गिरावट, फाइनान्स सूचक सर्वाधिक घट्यो
२३ कार्तिक २०७९, बुधबार १५:१८

काठमाडौं । उतारचढावकाबीच आज शेयरबजारमा ३९ अंकको गिरावट आएको छ । केहीदिनयता आक्रामक सुधार देखिएको शेयरबजार फेरी ओरालोतर्फ लागेको छ ।
बुधबार नेप्से परिसूचक ३९.१५ अंकले घटेर १९१७ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३६ लाख ९७ हजार ७२३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४० करोड ७३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचक नै आज राताम्य रहेका छन् । सर्वाधिक फाइनान्स सूचक ४.७३ प्रतिशतले घटेको छ भने विकास बैंक समूहको ३.१८ प्रतिशतले घटेको छ ।












