समृद्धि फाइनान्सले संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्री गर्ने

२४ कार्तिक २०७९, बिहीबार १०:४३

काठमाडौं । समृद्धि फाइनान्सले संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ । मंसिर १ गतेदेखि ७ लाख ६७ हजार ३६६ कित्ता सेयर लिलामीमा बेच्ने भएको छ ।लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।

न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम म्याद मंसिर १५ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटलले गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*