हिमालयन बैंक र अनलाइन सपिङ्ग पोर्टल दराज केयमुबीच बैंकबीच सम्झौता
२४ कार्तिक २०७९, बिहीबार ११:०६

काठमाडौं । हिमालयन बैंक र अनलाइन सपिङ्ग पोर्टल दराज केयमुबीच बैंकका ग्राहकहरुलाई दराजको ११।११ अभियानमा छुट प्रदान गर्ने सम्झैता भएको छ । यो योजना कार्तिक २५ गते दिन लागु हुनेछ ।उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक विजय मान नकर्मी र दराजको पेमेन्ट र पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका हुन ।
बैंकका ग्राहकहरुले दराजको ११।११ को अवधिमा अनलाइन सामान खरिद गर्दा आफ्नो डेबिट कार्ड मार्फत अग्रिम भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम रु। २५०० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रु। ३००० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई—कमर्शको लागि सक्रिय गर्नु पर्नेछ ।












