८ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुन बैंकको कति ?

हालसम्म ८ वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट सेयर लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेकामध्ये धेरैले नगदलाई प्राथमिकता दिएका छन् । ८ बैंकले औसतमा ९।९८ प्रतिशत नगद लाभांश दिएका छन् भने औसत बोनस सेयर ४।४५ प्रतिशत छ ।
लाभांश घोषणा गरेकामध्ये एनसीसी, कुमारी र सिटिजन्स बैंकको बुक क्लोज भइसकेको छ । यसको अर्थ यी तीन बैंकको सेयर अब खरिद गर्नेले यो वर्षका लागि लाभांश पाउँदैनन् । बुक क्लोजअघि सेयर खरिद गरेकाले मात्रै लाभांश पाउने व्यवस्था छ । बाँकी ५ वाणिज्य बैंकको भने बुक क्लोजको मिति घोषणा भइसकेको छैन । अर्थात यी ५ बैंकको सेयर खरिद गर्नेहरुले भने लाभांश पाउँछन् । घोषणा गरेकामध्ये सिटिजन्स बैंकको लाभांक गत वर्षको तुलनामा घटेको छ भने अरु ७ को बढेको छ ।

Beemapost.com
के हो लाभांश, कसरी पाइन्छ ?
बैंकहरूले दिने लाभांश दुई किसिमका हुन्छन्। एउटा नगद लाभांश र अर्को सेयर बोनस।
घोषित नगद लाभांश लगानीकर्ताको बैंक खातामा र सेयर बोनस डिम्याट खातामा जम्मा हुन्छ।
बैंकको सञ्चालक समितिले लाभांश घोषणा गरिसकेपछि साधारण सभा बस्नुअघि बुक क्लोजको मिति घोषणा गर्छन्। बुक क्लोजको मितिसम्म सेयर भएका सेयरधनीले लाभांश पाउँछन्।
बुक क्लोजपछि बोनस सेयर दिइएको खण्डमा मूल्य समायोजन गरिन्छ, अर्थात बोनस संख्याका आधारमा अघिल्लो दिन कारोबार बन्द हुँदा कायम भएको मूल्य विशेष सूत्रबाट घटाइन्छ।
यसलाई यसरी बुझौं।
मानौं, तपाईंसँग ए बैंकको १५० कित्ता सेयर छ। सो बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई करसहित चुक्ता पुँजीको १० प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ।
यस्तोमा अब तपाईंलाई करसहित १५०० रुपैयाँ ९१५० × अंकित मूल्य १०० को १० प्रतिशत० नगद प्राप्त हुन्छ।
त्यस्तै १५ कित्ता सेयर ९१५० को १० प्रतिशत० बोनस सेयर प्राप्त हुन्छ।
सो कम्पनीको अघिल्लो दिनको मूल्य प्रतिकित्ता ३ सय रूपैयाँ छ भने बुक क्लोजपछि मूल्य समायोजन हुँदा २७२ रुपैयाँ ९३००र १ं०।१०० कायम हुन्छ।
दुवै लाभांशमा ५ प्रतिशत कर तिर्नुपर्छ। नगद लाभांशका हकमा पुँजीगत लाभकर कटौतीपछि बैंक खातामा जम्मा हुन्छ। बोनस सेयरको हकमा प्रायः कम्पनीले नै कर व्यवस्था गरेका हुन्छन्।
नगरेको खण्डमा पाएको बोनस सेयर संख्यालाई अंकित मूल्य १ सयले गुणा गरी त्यसैको ५ प्रतिशत रकम सम्बद्ध बैंक खातामा जम्मा गरिदिनुपर्छ। सो कर तिरेपछि मात्रै डिम्याट खातामा बोनस सेयर थपिने छ।












