सबैको लघुवित्तको २२ हजार कित्ता शेयर बिक्रीमा, जो कोहीले आवेदन दिन पाउने
२५ कार्तिक २०७९, शुक्रबार १२:५५

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । लघुवित्तले आफ्ना सेयरधनीहरुको नाममा रहेको २२ हजार ४२ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो ।
उक्त शेयरमा अन्य जो कोही व्यक्ति तथा संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छु जो कोहीले शुक्रबार (कात्तिक २५ गते) बाट १५ दिनभित्र आवश्यक कागजपत्रसहित संस्थाको केन्द्रीय कार्यालयमा बन्दीपुर–१, डुम्रे, तनहुँमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई आवेदन दिनुपर्नेछ ।
यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।












