नेरुडे लघुवित्तको आम्दानीसँगै नाफा घट्यो, चुक्तापुँजी २१ प्रतिशतले बढ्यो

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले चालु आवको पहिलो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार लघुवित्तको नाफा गत आवको तुलनामा घट्न पुगेको छ ।
चालु आवको असोज मसान्तसम्म लघुवित्तले १ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा नाफा ६४.१४% ले थोरै हो । गत वर्ष लघुवित्तले ४ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी पनि ३६.५०% ले घटेको छ । यस्तै यो त्रैमाससम्म आइपुग्दा कम्पनी १ करोड ६९ लाख सञ्चालन नोक्सानमा रहेको छ । यसले गर्दा नाफा प्रभावित हुन पुगेको छ ।
नाफासँगै यता लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ । गत वर्ष ३८ रुपैयाँ ५२ पैसा प्रतिसेयर आम्दानी रहेको यसको यो त्रैमाससम्म आईपुग्दा २७ रुपैयाँ १५ पैसाले घटेर ११ रुपैयाँ ३७ पैसामा झरेको छ ।
लघुवित्तको यस अवधिसम्म चुक्ता पुँजी २१.४८ प्रतिशतले बृद्धि भएर ६० करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषको आकार १५.२३ प्रतिशतले बृद्धि भई कोषमा ८१ करोड ८७ लाख रुपैयाँ संचित रहेको छ । यसको खराब कर्जा पनि ४.६८% बाट बढेर ४.९३% भएको छ ।
त्यस्तै समिक्षा अवधिसम्म लघुवित्तको सापटी २०.४५ प्रतिशत, निक्षेप संकलन १९.२७ प्रतिशत र कर्जा परिचालन १८.९० प्रतिशतले बृद्धि भएको छ ।












