रिजर्भको आकार बढाउँदा स्वाभिमान लघुवित्त ६७ लाख नोक्सानमा, अन्य सूचाङ्क कस्तो ?

२७ कार्तिक २०७९, आईतवार १३:१७

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तिय संस्थाले चालु आवको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार लघुवित्तको नाफा गत आवको तुलनामा घट्न पुगेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म लघवित्तले ६७ लाख ८२ हजार रुपैयाँ नोक्सान ब्यहोरेको छ । गत वर्षको यसै अवधिसम्म लघुवित्तले ७४ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी ६८.२९% ले घटेर ६७ लाख १३ हजार रुपैयाँमा सीमित भएको छ । त्यस्तै, सञ्चालन नाफा ६७ लाख ८२ हजार रुपैयाँ नोक्सानमा रहेको छ । यस अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी घटेर सञ्चालन नाफा नोक्सानमा रहेकाले खुद नाफा बढ्न नसकेको हो ।

यता लघुवित्तको प्रतिसेयर आम्दानी पनि २२ रुपैयाँ २८ पैसा नोक्सानमा रहेको छ । त्यस्तै लघुवित्तको प्रतिसेयर नेटवर्थ भने बढ्न पुगेको छ । गत वर्ष १ सय ७६ रुपैयाँ ३३ पैसा रहेको प्रतिसेयर नेटवर्थ यस अवधिसम्म २ सय ९ रुपैयाँ २७ पैसा पुगेको छ ।

यस अवधिसम्म संस्थाको चुक्तापुँजी ३२.३० प्रतिशतले बढेर १२ करोड १७ लाख रुपैयाँ पुुगेको छ भने जगेडा कोषको आकार ६०.४२ प्रतिशतले बढेर कोषमा ११ करोड २७ लाख रुपैयाँ सञ्चित रहेको छ । त्यस्तै, लघुवित्तको सापटी ५.३२ प्रतिशत, निक्षेप संकलन २६.४३ प्रतिशत, कर्जा परिचालन २४.३१ प्रतिशतले बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*