ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरको अन्तिम तयारीमा, १ः१ को स्वाप रेसियो सहित यस्ता छन् सहमति

२७ कार्तिक २०७९, आईतवार १४:४६

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच स्वाप रेसियो तय भएको छ । दुबै बैंकबीच समान हैसियतमा जाने आधारमा अन्तिम निर्णय भएको स्रोतले जनाएको छ।
बैंक अफ काठमाण्डूको कार्तिक २४ गते बसेको संचालक समितिको बैठकले मर्जर प्रयोजनको लागि १ः१ को स्वाप रेसियो कायम गर्ने निर्णय गरेको हो ।

बैंकको कात्तिक २४ गते अपरान्ह ३ः३० बजे बसेको संचालक समितिको २३७ औं बैठकबाट यस बैंक अफ काठमाण्डू लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड एक आपसमा गाभ्ने तथा गाभिने प्रयोजनका लागि मुल्याङ्कनकर्ताले सम्पत्ति, दायित्व तथा कारोवारको मूल्याङ्कन र अन्य बिबिध पक्षहरुको समेत मुल्याङ्कन  गरी सिफारिस गरेको शेयर आदन प्रदान अनुपात बैंक अफ काठमाण्डू लिमिटेडको १०० कित्ता शेयर बराबर ग्लोबल आइएमई बैंक लि. को १०० कित्ता शेयर कायम गर्ने (अर्थात शेयर स्वाप अनुपात १ः१) निर्णय भएको व्यहोरा भएको जनाएकोछ ।

त्यस्तै, ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूले पनि डीडीए रिपोर्ट तयार भइसकेको बुझिएको छ । स्रोतका अनुसार ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको डीडीए रिपोर्टमा १ः१ को स्वाप रेसियो आएको छ ।मर्जरमा जाने निर्णय गरेका दुबै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन र अन्य विविध पक्षको विश्लेषणका आधारमा समान हैसियत रहने भएको हो । मर्जरपछि बैंकको अध्यक्षमा चन्द्र ढकाल र सीईओ रत्नराज बज्राचार्य हुने सहमति भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*