निर्वाचनको लागि लघुवित्तको संचालक पदबाट राजिनामा

२८ कार्तिक २०७९, सोमबार १२:३६

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक सदस्य विनोद बजगाँइले राजिनामा दिएका छन् । उनले सचालक पदबाट दिएको राजिनामा कम्पनीको कात्तिक २७ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।

बजगाँईले गत कात्तिक १५ गते संचालक समितिको सदस्यबाट आगामी मंसिर ४ गते प्रनिधिसभा तथा प्रदेश सभाको निर्वाचन हुन गइरहेको र उक्त निर्वाचनमा उम्मेदवारको रुपमा मनोनयन भएको कारणले गर्दा संस्थामा समय दिन नसक्ने भनि राजिनामा दिएका थिए ।

उनले दिएको राजिनामा संचालक समितिले स्वीकृत गरी उक्त रिक्त पदमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट तारा कुमार रिजाललाई संचालक समितिको सदस्यमा नियुक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*