एनएमबि बैंकले आईपीओ भर्दा आस्बा शुल्क नलिने

२८ कार्तिक २०७९, सोमबार १७:१३

काठमाडौं । एनएमबि बैंक लिमिटेडबाट आईपीओ भर्दा आस्बा शुल्क नलाग्ने भएको छ ।

कम्पनीले अबदेखि सम्पूर्ण ग्राहकहरुले एनएमबि बैंकबाट निःशुल्क रुपमा आईपीओ भर्न सक्ने बताएको छ । एनएमबि सँगै अब आस्बा शुल्क निशुल्क गर्ने कम्पनीको संख्या आठ पुगेको छ ।

यसभन्दा अगाडि सानिमा बैंक, नबिल बैंक,सिद्धार्थ बैंक,एनआईसी एशिया बैंक,राष्ट्रिय बाणिज्य बैंक, कुमारी बैंक र नेपाल बैंकले पनि सि ( आस्बा शुल्क नि स् शुल्क गर्दै आएका थिए।

यसअघि सर्वसाधारण लगानीकर्ताहरुले संगठित रुपमै निःशुल्क सेवा प्रदान गर्नको लागि नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गरेका थिए । सोही अनुरुप कुनै बैंकले ५ रुपैयाँ शुल्क लिँदै आएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*