मर्जर प्रस्ताव सहित ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डूको साधारण सभा मंसिर २३ गते

काठमाडौं ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डूले मंसिर २३ गते साधारण सभा बोलाएका छन् । जसमा ग्लोबल आइएमईको सिल्भर ओक बैंक्वेट एन्ड इन्भेष्ट सेन्टर, गैह्रीधारा काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । यस्तै, बैंक अफ काठमान्डूको सभा त्रिभुवन आर्मि अफिसर्स क्लब, काठमाडौंमा बिहान १० बजे सुरु हूनेछ ।
सभाले मर्जर प्रयोजनको लागि स्वाप रेसियो प्रस्ताव पनि पारित गर्नेछ । दुवै बैंक १ः१ अनुपातमा मर्ज हुन थालेका हुन् । दुवै एक भएपछि बैंकको नाम ग्लोबल आइएमई बीओके बैंक राख्ने प्रस्ताव पनि सभामा पेश हुँदैछ । सभामा दुवै बैंकको लाभांस वितरण गर्ने प्रस्ताव पनि पेश हुनेछ । जसमा ग्लोबल आइएमईले गत वर्षको नाफाबाट ३५ बोनस सेयर र करसहित १०।६५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यस्तै, बैंक अफ काठमान्डूले पनि गत वर्षको नाफाबाट ६५ बोनस सेयर र १४।९५५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।
हाल ग्लोबल आइएमई र बैंक अफ काठमान्डूको सेयर कारोबार रोक्का भएको छ । दुवै बैंकको असार २ गतेदेखि सेयर कारोबार रोक्का भएको हो । हाल ग्लोबल आइएमईको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ छ भने बीओकेको १० अर्ब ६२ करोड रुपैयाँ छ । मर्जपछि बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ ।












