किसान लघुवित्त ४ करोड ३७ लाख रुपैयाँ नोक्सानमा

२९ कार्तिक २०७९, मंगलवार ११:५२

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आवको पहिलो त्रैमाससम्ममा ४ करोड ३७ लाख रुपैयाँ नोक्सानमा रहेको छ । लघुवित्तले आज सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार संस्थाले सो अवधिसम्म नोक्सानी बेहोर्नुपरेको हो ।

गत आर्थिक वर्षको यसैअवधिमा संस्थाले १ करोड १९ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकाले खुद नाफा प्रभावित भएको हो । खुद ब्याज आम्दानी ४९.९४% ले घटेर ४ करोड ३ लाख ५३ हजार रुपैयाँमा आएको छ ।

गत वर्ष १ करोड ३७ लाख ३२ हजार रुपैयाँ रहेको सञ्चालन आम्दानी यो वर्ष ४ करोड ३७ लाख १० हजार रुपैयाँ नोक्सानमा रहेको छ । असोज मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ०९ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ५८ पैसा छ ।

यस अवधिसम्म संस्थाको चुक्तापुँजी २० प्रतिशतले बढेर ४७ करोड १३ लाख रुपैयाँ पुगेको छ भने रिजर्भको आकार ३०.९२ प्रतिशतले घटेर कोषमा जम्मा २३ करोड ३७ लाख रुपैयाँ मात्रै संचित रहेको छ । त्यस्तै, सो अवधिसम्म लघुवित्तको सापटी समेत ५.८७ प्रतिशतले घटेको छ भने निक्षेप १५.६३ प्रतिशत र कर्जा परिचालन ७.६८ प्रतिशतले बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*