वाणिज्य बैंकहरुले मंसिरमा पनि पुरानै ब्याजदरलाई निरन्तरता दिने, ब्याजदर स्थिर राख्ने एनबीको सहमति

२९ कार्तिक २०७९, मंगलवार १३:२५

काठमाडौं । वाणिज्य बैंकहरुले मंसिरमा पनि पुरानै ब्याजदरलाई निरन्तरता दिने भएको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को आज बिहान बसेको बैठकमा बैंकरहरुबीच मंसिर महिनामा ब्याजदर स्थिर राख्ने सहमति बनेको हो।

‘मंसिरमा बैंकको कर्जा र निक्षेपको ब्याजदरमा कुनै फेरबदल नगर्ने सहमति बनेको छ’, बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यले बताए ।
मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा लिने लक्ष्यअनुसार पुसमा ब्याजदर फेरबदल हुन सक्ने बताइएको छ। अहिले भने अर्थतन्त्रका मुख्य सूचकहरु स्थिर नै रहेकोले पनि ब्याजदर फेरबदल गर्नुपर्ने अवस्था नदेखिएको बैंकरहरुबीच सहमति जुटेको हो।

यसअघि असोजमा ६ महिनादेखिको भद्र सहमति भंग गर्दै बैंकहरुले औसतमा १० प्रतिशतले ब्याजदर बढाएका थिए।

असोजमा बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको १२.१३३ प्रतिशत, संस्थागत मुद्दति निक्षेपको १०.१३३ प्रतिशत र रेमिट्यान्समा १२.१३३ प्रतिशत ब्याजदर कायम गरेका थिए। केही बैंकहरुले भने रेमिट्यान्समा १५ प्रतिशतसम्म ब्याजदर दिएका थिए।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*