नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको लाभांश घोषणा, कुनले कति दिँदैछ ?
३० कार्तिक २०७९, बुधबार १०:२६

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले लाभांश घोषणा गरेका छन्। मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८र७९ को मुनाफाबाट वितरण गर्ने दुबै लाभांश प्रस्ताव गरेको हो।
इन्भेष्टमेन्ट बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर ७ प्रतिशत नगद लाभांश गरि कुल ११ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै मेगा बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र ३।८३ प्रतिशत नगद लाभांश गरि कुल ७।८३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड ७५ लाख रहेको छ भने मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ लाख ४ करोड रहेको छ ।












