७६ प्रतिशत लाभांश घोषणा गरेको जाल्पा सामुदायिक लघुवित्तको यस्तो देखियो वित्तीय अवस्था

१ मंसिर २०७९, बिहीबार ११:४३

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार यस अवधिसम्म लघुवित्त नोक्सानमा रहेको छ ।

यस अवधिसम्म आइपुग्दा संस्थाले १० लाख ३० हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत वर्षको यही अवधिमा संस्थाले १ करोड ३ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

असोज मसान्तसम्म लघुवित्तको सञ्चालन नाफा समेत १ करोड ३२ लाख ६७ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्ष उक्त नाफा ९ करोड ६० लाख ९२ हजार रुपैयाँ रहेको थियो । यता, खुद ब्याज आम्दानी भने १६.६०% ले बढेर ९ करोड ४५ लाख रुपैयाँ पुगेको छ । प्रोभिजनको रकम ९२७% ले बढ्दा यसको नाफामा प्रभाव परेको हो । संस्थाले ३ करोड ६२ लाख ७४ हजार रुपैयाँ प्रोभिजन बापत छुट्याएको छ । यता, यसले १ करोड २२ लाख रुपैयाँ राइट ब्याक गरेको छ ।

जाल्पा सामुदायिक लुघवित्तको चुक्ता पुँजी यस अवधिसम्म १६ करोड रुपैयाँ छ । जगेडा कोषमा ३८ करोड १० लाख रुपैयाँ जम्मा भएको छ । असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २ रुपैयाँ ५८ पैसा नोक्सानमा छ । संस्थाको प्रतिसेयर नेटवर्थ ३३८ रुपैयाँ १३ पैसा छ । संस्थाको निष्कृय कर्जा अनुपात ३.६१% कायम भएको छ ।

जाल्पा सामुदायिक लुघवित्तले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरघनीहरुलाई ७३% बोनस र ३.८४% नगद लाभांश गरी कुल ७६.८४% लाभांश घोषणा गरेको छ ।

संस्थाले १ अर्ब ९० करोड ३७ लाख रुपैयाँ सापटी लिएको छ भने ५ अर्ब ९ करोड ७१ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ । यस अवधिसम्म यसले २ अर्ब ६० करोड रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*