मंसिर ४ र ५ गतेका दिन हिमालयन बैंकका विदा काउन्टर पनि बन्द हुने
२ मंसिर २०७९, शुक्रबार १२:२०

काठमाडौं । हिमालयन बैंक लिमिटेडका विदामा सञ्चालन हुने ठमेल, न्युरोड तथा पाटन शाखाहरु पनि बन्द रहने भएका छन । सो काउन्टरहरु आगामि मंसिर ४ गते नेपालमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुको निर्वाचनका कारणले बन्द रहने भएका हुन् ।
उक्त काउन्टरहरु आगामि मंसिर ४ हुने आसन निर्वाचनको दिन नेपाल सरकारद्धारा मंसिर ४ र ५ गतेका दिन सार्वजनिक विदा प्रदान गरेको कारणले गर्दा सो कार्यालय बन्द रहने भएका छन् ।












